कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले हिरासतमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेर अध्यक्ष सिरोहियालाई धनुषा लगेको हो ।

सञ्चार जगत् र नागरिक समाजद्वारा भर्त्सना

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटना उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेको प्रतिशोधपूर्ण कदम भएको भन्दै सञ्चारसम्बद्ध संघसंस्था, पत्रकार र मानवअधिकारवादीले त्यसको भर्त्सना गरेका छन् ।

तानाशाही रबैया

कुनै व्यक्तिमाथि उजुरी परेको छ भने त्यसका स्पष्ट प्रक्रिया हुन्छन् । कैलाश सिरोहियाको घटनामा त के भयो भने, एउटा अज्ञात व्यक्तिले उजुरी दर्ता गर्‍यो, त्यही उजुरीका आधारमा फौजदारी मुद्दा अगाडि बढाइयो । र, पक्राउ गरिएको छ । बुझ्नुपर्ने कुरा के हो भने गृहमन्त्रीको स्पष्ट चाहना र संलग्नताबिना यो सम्भव छैन ।

सत्तापक्षकै नेताहरूबाट सरकारको आलोचना

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार प्रकाशित गरेको विषयसँग जोडेर प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै सत्तारूढ र अन्य दलका नेताहरूले विरोध जनाएका छन् । नागरिकताको विषयमा आवश्यक सोधपुछ र अनुसन्धान नगरी हठात् पक्राउ गर्नुले सरकारको नियतमाथि प्रश्न उब्जिएको उनीहरूले बताएका हुन् ।

अदालत जाने तयारीमा सुप्रिम सहकारीका पीडित

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले सरकारबाट न्याय पाइने आसा मर्दै गएको भन्दै अदालत जाने तयारी थालेका छन् । बुटवलमा मंगलबार भएको पीडितहरूको भेलाले सरकारले न्याय दिने प्रक्रिया सुरु नगरेको, रकम अपचलन गर्नेलाई नै जोगाउन खोजेको भन्दै न्यायिक प्रक्रियामा जाने निर्णय गरेका हुन् ।

लामिछानेले सहकारी ठगीको समाचार दबाउन र दाहालले सत्ता बचाउन कान्तिपुरमा गरे हस्तक्षेप

सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचतबाट कम्तीमा ९५ करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर अपचलन गरेको समाचार प्रकाशित गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपमाथि हस्तक्षेप गरेको छ । सार्वजनिक मञ्च र संसद्बाट समेत मिडिया र प्रतिपक्षलाई धम्क्याउँदै आएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रत्यक्ष हस्तक्षेपमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गराएका हुन् ।

कान्तिपुर विचलित हुनेछैन : सिरोहिया

कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न जिम्मेवार नागरिकका रूपमा तयार छु । तर राज्य शक्तिको दुरुपयोग गरेर हुने प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित् विचलित हुनेछैन । सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैं  जेल गएको हुँ ।

कान्तिपुरमा हस्तक्षेप : संसद्‍देखि सञ्जालसम्म प्रतिपक्षी दलद्वारा चर्को विरोध

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सत्ता र शक्तिको आडमा पक्राउ गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेसमाथिको प्रहार मात्र नभएर प्रजातन्त्र र लोकतन्त्रमाथिकै आक्रमण भएको कांग्रेसले जनाएको हो ।

बोलेका कुरा पुष्टि गर्न नसके गृहमन्त्रीको राजीनामा माग्दै सर्वत्र बहिष्कार गर्छौं : कांग्रेस

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समितिको मागबाट घटनाक्रम धेरै अघि बढेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले उनले बोलेको कुरा पुष्टि गर्न नसके राजीनामा र उनीमाथि कारबाहीको माग राखेर सर्वत्र बहिष्कारको आन्दोलन चर्काउने जनाएको छ ।

अपराजित लेभरकुजनसामु उत्साही एटलान्टा

बायर लेभरकुजनका जाभी अलोन्सोले बुधबार हुने युरोपा लिग फुटबलको फाइनलमा आफूलाई नयाँ पुस्ताको उम्दा प्रशिक्षक रहेको फेरि साबित गर्न सक्नेछन् । तर, त्यसका लागि बायरले एटलान्टाको सामना गर्नुपर्नेछ ।

सिरोहिया पक्राउ शक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रहार : महतो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई राज्यशक्तिको दुरुपयोग गरेर पक्राउ गरिएको पूर्वमन्त्री राजेन्द्र महतोले बताएका छन् । राष्ट्रिय मुक्ति क्रान्तिका तर्फबाट विज्ञप्ति जारी गर्दै महतोले कान्तिपुर दैनिकले गरिरहेको समाचार सम्प्रेषणमाथि राज्यले गैरजिम्मेवार व्यवहार देखाएको उल्लेख गरेका छन् । 

अकोराबले भन्यो : राज्यले साँध्ने निशाना र प्रतिशोधपूर्ण रहेको बुझ्न कठिन छैन

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : अध्यक्ष लिङ्देन

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

नागरिकता प्रकरणमा रविलाई पनि पक्राउ गरिएको थिएन : माओवादी सचिव कार्की

सरकारको नेतृत्व गरेको माओवादी सचिव राम कार्कीले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष सिरोहियालाई आवश्यक सोधपुछ समेत नगरी पक्राउ गरेकाले सरकारको नियतप्रति आशंका उत्पन्न भएको बताए । उनले नागरिकता लिएको विषयमा सोधपुछनै नगरी पक्राउको आदेश गर्नु र पक्रनु अपरिपक्व निर्णय भएको बताए ।

प्रतिशोध साँध्न सरकार नै लागेको छ : नेता लेखक

कांग्रेस संसदीय दलका नेता रमेश लेखकले सरकार बिनाशकाले विपरीत बुद्धिको बाटोमा लागेको बताएका छन् । उनले एक्लो गृहमन्त्री नभएर सरकार नै गैरजिम्मेवार, निरंकुश, आग्रह–पूर्वाग्रह र निरंकुश र प्रतिशोधबाट चलेको बताए ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
मुन्दुमी संस्कृति अतिक्रमण भएको भन्दै चिन्ता

मुन्दुमी संस्कृति अतिक्रमण भएको भन्दै चिन्ता

रमेशचन्द्र अधिकारी

किरात राई सांस्कृतिक कलाकार संघले पछिल्लो समय किराती राई समुदायको सांस्कृतिक मुन्दुमी मान्यता विपरीतका गतिविधि भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । 

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

जाहेरी फिर्ता लिन बलात्कारपीडितलाई दबाब

पर्वत पोर्तेल

गत वैशाख २१ मा सुनामिका (नाम परिवर्तन) कक्षा १२ को परीक्षा दिएर परीक्षा सेन्टरबाट बाहिरिँदै थिइन् । त्यहाँबाट किशोरीको डेराको दूरी ५ मिनेट मात्रै थियो । यहीबीच दमक नगरपालिका–५ को ज्येष्ठ नागरिक भवनअघिल्तिरको व्यस्त सडकमा उनीमाथि गोली प्रहार भयो । घटनापछि सबैको एउटै जिज्ञासा थियो, ‘किशोरीको ज्यान लिन खोज्नुका पछाडि के त्यस्तो कारण होला ?’

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

रासस

त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ ।

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

काठजन्य निकासीमा राजश्व छली र कमिसन लिएको आरोप 

डम्बरसिं राई

वन कर्मचारी र व्यवसायीको मिलेमतोमा जिल्लाबाट काठजन्य वस्तु निकासीमा राजश्व छली र माटो रकम कमिसन लेनदेन हुने गरेको खुलासा छ । खयर, उत्तिस, सल्लालगायत काठजन्य वस्तु निकासीमा राजश्व छलीका साथै कर्मचारीलाई कमिसन दिनुपर्ने काठ तथा वन पैदावार व्यवसायीहरूको आरोप छ ।

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

राष्ट्रव्यापी खुला गायन प्रतियोगिताको प्रथम पुरस्कार विश्वकर्मालाई 

डम्बरसिं राई

आइतबार सम्पन्न १८ वर्षमुनिका राष्ट्रव्यापी खुला गायन प्रतियोगितामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ का मिलन विश्वकर्मा प्रथम भएका छन् ।

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

अरुण तेश्रोमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

दीपेन्द्र शाक्य

निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाका मुआब्जा पीडितले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरेपछि आयोगले चासो देखाएको छ ।

कोशी बाट थप
गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउन सिरोहियालाई पक्राउ : मधेस पत्रकार महासंघ

गृहमन्त्रीका अनगिन्ती अपराधजन्य गतिविधि दबाउन सिरोहियालाई पक्राउ : मधेस पत्रकार महासंघ

कान्तिपुर संवाददाता

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं, थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्स् लिमिटेडको कार्यालयबाटै मंगलबार साँझ बर्दीधारी प्रहरीले पक्राउ गरेको घटनाप्रति मधेस पत्रकार महासंघले घोर निन्दा प्रकट गरेको छ । 

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ 

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ 

शंकर आचार्य

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १८ वर्षपछि मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वाका ५० वर्षीय विनयप्रसाद यादव छन् । प्रहरीले यादवलाई उनकै घरबाट पक्राउ गरेको हो । 

बाराको सीमा नाका बन्द रहने

बाराको सीमा नाका बन्द रहने

लक्ष्मी साह

भारतको बिहार राज्यको पश्चिमी चम्पारण जिल्लामा आउँदो जेठ १२ (२५ मे) मा हुन लागेको लोकसभा चुनावको लागि बारास्थित ६२ किमी लामो खुला सीमा नाका तीन दिनका लागि बन्द रहने भएको छ ।

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

रासस

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो ।

पालिका अध्यक्षले कागज गरी जमानत बसेपछि मात्र अस्पतालले दियो शव

पालिका अध्यक्षले कागज गरी जमानत बसेपछि मात्र अस्पतालले दियो शव

अवधेशकुमार झा

उपचारमा लागेको खर्चको बक्यौता जेठ १८ गतेभित्र दिने भन्दै पालिका अध्यक्षले कागज गर्दै चेक दिएपछि मात्र अस्पतालले ५ दिनपछि शव दिएको छ । विराटनगरस्थित विराट नर्सिङ होमले गत जेठ ३ गते मृत्यु भएकी सप्तरीको बलानबिहुल गाउँपालिका–२ का उमेश रामकी श्रीमती ४२ वर्षीया श्यामाकुमारी रामको शव मंगलबार बिहान परिवारलाई दिएको हो । 

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

आधा दर्जन मुद्दाका फरार आरोपित प्रेम गिरी पक्राउ

शंकर आचार्य

हत्या, डकैती लगायतका जघन्य प्रकृतिका आधा दर्जन मुद्दाका फरार कुख्यात अपराधी प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मधेस बाट थप
काभ्रेको महाभारतमा दम्पती मृत फेला 

काभ्रेको महाभारतमा दम्पती मृत फेला 

ज्योती श्रेष्ठ

जिल्लाको महाभारत गाउँपालिका ४ तीनखुट्टेमा दम्पती मृत अवस्थामा फेला परेका छन् । मंगलबार सवा ४ बजेतिर तीनखुट्टेका ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकैमाया बल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

हेटौंडामा सुरक्षा समितिको बैठक सुरु

हेटौंडामा सुरक्षा समितिको बैठक सुरु

सुवास विडारी

वाग्मती प्रदेश सुरक्षा समन्वय समितिको बैठक हेटौंडामा सुरु भएको छ । बुधबारसम्म सञ्चालन हुने बैठकको उद्घाटन वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए । 

मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ

मरेकाे गैँडाकाे खाग झिकेर बेच्न खाेज्ने ६ जना पक्राउ

रमेशकुमार पौडेल

दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाकाे खाग किनबेच गरेकाे आराेेपमा चितवन राष्ट्रिय निकुञ्जकाे टाेलीले ६ जनालाई पक्राउ गरेको छ । घाँस दाउरा गर्न जंगल गएका बेला मरेर सडेगलेकाे अवस्थामा भेटिएकाे गैँडाकाे खाग झिकेर राखेकाे लामाे समयपछि बिक्री गर्ने क्रममा उनीहरू समातिएका हुन् ।

 माइक्रोबस र टिपर ठोक्किँदा १३ यात्रु घाइते, दुईको अवस्था गम्भीर

 माइक्रोबस र टिपर ठोक्किँदा १३ यात्रु घाइते, दुईको अवस्था गम्भीर

रासस

माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् ।

कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

कहिले बनिसक्छ सूर्यविनायक-धुलिखेल सडक खण्ड ?

ज्योती श्रेष्ठ

एक वर्षअघि सुरु गरिएको भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्म ७.५ किमि सडक खण्डमा १८.२५ प्रतिशत र काभ्रेको साँगादेखि धुलिखेलसम्मको ८.४ किमि सडकको २५.६५ प्रतिशत प्रगति भएको छ ।

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

सुवास विडारी

वाग्मती प्रदेशमा संसदीय समितिका सभापतिहरुले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

वाग्मती बाट थप
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण

रासस

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित नाम्डोक खोलामा पुल निर्माण भएको छ ।

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

संरक्षकविहीन बालबालिकालाई छात्राबास सुविधा

हरिराम उप्रेती

बारपाक सुलिकोट गाउँपालिकाले संरक्षक (अभिभावक) नभएका र अशक्त भएका बालबालिकालाई नि:शुल्क छात्रावास उपलब्ध गराएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातमै अभिभावक नभएका र आमाबुवा अपांगता भएका बालबालिकालाई लक्षित गरेर बारपाक सुलिकोट गाउँपालिका–६ वाहकोटस्थित मनास्लु आधारभूत विद्यालयको भवनमा छात्रावास सेवा सुरु गरिएको हो ।

नवलपुरमा जिल्ला लिग फुटबल सुरु

नवलपुरमा जिल्ला लिग फुटबल सुरु

नवीन पौडेल

पुर्वी नवलपरासीमा ‘चौँथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता-२०८१’ सुरु भएको छ ।

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

लोकमार्गमा मापदण्ड विपरीत पेट्रोल पम्प

प्रकाश बराल

नेपाल आयल निगमले ‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याएको ६ वर्ष काट्यो । मापदण्डमा राजमार्ग भए १० कठ्ठा जमिन हुनुपर्ने, राजमार्गदेखि पम्पसम्मको दुरी कम्तिमा ५० मिटर हुनुपर्ने व्यवस्था छ । ग्रामीण सडक भए पनि ३४ मिटर नजिक पम्प बनाउन पाइने छैन । तर यहाँको गलकोट नगरपालिका–३ को खल्ले खोलानजिकै मध्यपहाडी लोकमार्गमै जोडेर पेट्रोलपम्प बनाइएको छ ।

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी

सम्झना रसाइली

तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा मध्यराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२:४५ बजेदेखि आगलागी सुरु भएको थियो । 

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

लमजुङको किसेदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

आश गुरुङ

लमजुङको दोर्दी गाउँपालिकामा पर्ने किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजना युवकको मृत्यु भएको छ ।

गण्डकी बाट थप
सरकारबाट भरोसा नभएपछि अदालत जाने तयारीमा सुप्रिम सहकारीपीडित

सरकारबाट भरोसा नभएपछि अदालत जाने तयारीमा सुप्रिम सहकारीपीडित

घनश्याम गौतम

बुटवलको सुप्रिम सहकारी ऋण तथा बहुउद्देश्यीय सहकारी संस्थाका पीडितहरुले सरकारबाट न्याय पाइने आश मर्दै गएको भन्दै अदालत जाने तयारी थालेका छन् । 

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

नवीन पौडेल

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सरावल गाउँपालिका-३ श्रीनगरका ३० वर्षका प्रदीप चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।

बर्दियामा हावाहुरीले पचास भन्दा बढी घरमा क्षति

बर्दियामा हावाहुरीले पचास भन्दा बढी घरमा क्षति

कमल पन्थी

 बर्दियामा सोमबार बेलुका आएको हुरीले गुलरिया नगरपालिका र बढैयाताल गाउपालिकाका करिब ५० घरधुरीमा क्षति पुगेको छ । हावाहुरीले मानवीय क्षति नपुगेपनि केही पशुचौपाया घाइते भएको प्रहरीले जनाएको छ ।

बजेट निकास नभएपछि ठेकेदार कम्पनीले बबई नदी तटबन्धको काम छोडे

बजेट निकास नभएपछि ठेकेदार कम्पनीले बबई नदी तटबन्धको काम छोडे

कमल पन्थी

बजेट निकासा नहुँदा बर्दियाको बबई नदीमा निर्माणाधीन तटबन्धको काम ठेकेदार कम्पनीले रोकेका छन् । बजेट नभएको जानकारी पाएपछि उधारोमा काम गर्न ठेकेदार कम्पनीले नमानेका कारण उच्च जोखिम मानिएको गुलरियाको पशुहाट,वालापुर,थपुवा र गौरी क्षेत्रको काम रोकिएको छ । 

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

एमाले दाङको अध्यक्षमा आचार्य निर्वाचित

कान्तिपुर संवाददाता

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्वाचित भएका छन् । आइतबार र सोमबार घोराहीमा सम्पन्न १४ औं जिल्ला अधिवेशनले ११९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

लुम्बिनीमा स्थानीय सेवाको विधेयक माथि छलफल

वीरेन्द्र केसी

लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

लुम्बिनी बाट थप
सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

सुर्खेत बस दुर्घटना : मृतक दुई जनाको सनाखत 

तृप्ति शाही

सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटनामा परी मृत्यु भएका दुवै जनाको सनाखत भएको छ । 

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

सुर्खेतमा मिनी बस दुर्घटना, २ जनाको मृत्यु 

तृप्ति शाही, ज्योति कटुवाल

सोमबार दिउँसो सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - ७ को कटकुवा नजिकै मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

मुक्त हलियाका लागि बनेका ३२ घर ९ वर्षदेखि रित्तै

ज्योति कटुवाल

२०७२ सालमा नेपाल सरकारले गुर्भाकोट नगरपालिका वडा –१३ गुमीमा मुक्त हलियाका लागि ३२ वटा घर निर्माण गर्‍यो । भेरीगंगा नरपालिकामा बस्दै आएका मुक्त हलियाहरुका लागि राज्यले गुर्भाकोटमा जग्गा खरिद गरेर घर बनायो । १ करोड ३६ लाख खर्च गरेर निर्माण गरेका घर भने हलियाहरु बसेनन् । ९ वर्षदेखि घर रित्तै छन् । 

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

तीन वर्षदेखि सल्यान जिल्ला अस्पतालमा थन्कियो भेन्टिलेटर

विप्लव महर्जन

दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा एक करोड बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए ।

बबईमा डुबेर दुई जनाको मृत्यु 

बबईमा डुबेर दुई जनाको मृत्यु 

विप्लव महर्जन

बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ । घरनजिकैको बबई नदिमा माछा मार्न गएका कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय दिलबहादुर कार्की र ४ वर्षीय सुवास परियारको मृत्यु भएको छ ।

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

अर्गानिक तरकारी उब्जाइरहेको घोडासिन

डीबी बुढा

पातारासी–६ घोडासिनकी माया थापा तरकारी खेतीमा जमेकी छन् । उनी एकाबिहानै बारीमा गएर सिँचाइ गर्नेदेखि गोडमेलमा ब्यस्त हुने गरेकी छन् । यतिबेला उनको बारीमा साग, गाजर, मुला, काक्रो, काउली, बन्दा, आलु, फर्सी र सिमी हुर्किरहेका छन् । मायाले तरकारी बेचेर वार्षिक एक लाख रुपैयाॅ कमाउॅछिन् । उनले भनिन्,‘बजारको व्यवस्था नहुँदा सास्ती त छ नै तर तरकारीले नै खर्च चलिरहेको छ ।’

कर्णाली बाट थप
जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

जग्गा विवादले अल्झियो विमानस्थल निर्माण

भवानी भट्ट

मझगाउँ विमानस्थल निर्माणको काम सुरु भएको अढाइ वर्ष भयो । विमानस्थलको रन वेदेखि, ट्याक्सी वे, एप्रोन र टर्न प्याडलगायतको निर्माण पनि भइरहेको छ । तर अझै पनि निर्माणस्थलको जग्गाको विवाद भने टुगिंएको छैन । उक्त जग्गाको भोगाधिकार लिन नसक्दा निर्माण कार्य नै प्रभावित हुने देखिएको छ ।

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

द्वन्द्वमा लालपुर्जा गुमाएकाले अझै पाउन सकेनन्

मेनुका ढुंगाना

अछाममा पुस्तौंदेखि जग्गा भोगचलन गरिरहे पनि घरजग्गाको स्वामित्व नभएका र लालपुर्जा पाउन नसकेकाहरुको संख्या अझै पनि धेरै रहेको छ ।

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

महाकालीमा बेपत्ता किशोरको शव भेटियो

भवानी भट्ट

महाकाली नदीमा पौडी खेल्दा बेपत्ता भएका किशोरको शव भेटिएको छ ।

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

बाजुरा एमाले अध्यक्षमा ओली विजयी

अर्जुन शाह

नेकपा एमालेको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा लालबहादुर ओली विजयी भएका छन् । अध्यक्षका पदका प्रतिस्पर्धी उम्मेदवार भरत थापालाई ओलीले १५ मतले पराजित गरेका हुन् । ओलीले कुल ४२५ खसेका मतमा २१८ मत प्राप्त गरेका छन् भने थापाले २०३ मत पाएका छन् ।

कापी किताबसँगै दाउराको भारी

कापी किताबसँगै दाउराको भारी

मेनुका ढुंगाना

मंगलसेन नगरपालिका–५ की १४ वर्षीया मनिसा भाट कक्षा ६ मा पढ्छिन् । ८ वर्षको उमेरमा विद्यालय भर्ना भएकी उनी अहिले पनि नियमित विद्यालय जान पाउँदिनन् । घरको कमजोर आर्थिक अवस्थाको असर मनिसामा पनि परेको छ । उनका ७ जना भाइबहिनी छन् । विद्यालयको शुल्क, शैक्षिक सामग्री किन्न सक्ने अवस्था नभएपछि उनको १६ वर्षीय दाजु ८ कक्षा पूरा नगरी कामको खोजीमा भारत गए । घरमा भएका ६ भाइबहिनीलाई परिवारले नियमित विद्यालय पढाउन सक्ने अवस्था छैन ।

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्षमा बिके नियुक्त

अर्जुन शाह

सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गणेश बिके नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिकेलाई आइतबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सुदूरपश्चिम बाट थप

भेरी करिडोरको काम सुस्त

डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिका—६ का ५६ वर्षीय ग्याल्छेन गुरुङको गाडी चढेर चीनको तिब्बत जाने सपना अधुरै छ । सडक सुविधा नहुँदा उनले सात वर्षको उमेरदेखि तिब्बतबाटै पिठ्युँमा बोकेर सामान ओसारिरहेका थिए ।

पोचेटिनोले एक वर्षमै छाडे चेल्सी

मउरिसो पोचेटिनोले एक वर्ष मात्र बिताएर मंगलबार चेल्सी छाडेका छन् । इंग्लिस प्रिमियर लिग क्लबले आफूहरूबीचको आपसी सहमतिपछि प्रशिक्षक पोचेटिनोले जिम्मेवारी छाडेको जनाएको छ ।

हैदराबादलाई हराउँदै कोलकाता सजिलै फाइनलमा

मिचेल स्टार्कको उत्कृष्ट बलिङमा कोलकाता नाइटराइडर्सले मंगलबार सनराइजर्स हैदराबादलाई सजिलै आठ विकेटले पराजित गर्दै आईपीएल-२०२४ को फाइनलमा प्रवेश गरेको छ । 

काठमाडौं किकर्स यू–१४ मा च्याम्पियन

काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिकमा सोमबार आयोजित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली च्याम्पियन बनेको हो ।

ओलम्पिक छनोट खेल्न बक्सिङ टोली थाइल्यान्डतिर

बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक गएको छ ।

पहिलो काठमाडौं स्नुकर च्याम्पियनसिप हुने

बिलियार्ड, स्नुकर र पुल संघ नेपालले काठमाडौं महानगरपालिकाको सहकार्यमा पहिलो पटक काठमाडौं स्नुकर च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

'एक्लो'मा जेमी बेकनसँगै प्रदीप खड्का

बेलायती अभिनेता जेमी बेकनसँगै अभिनेता प्रदीप खड्काले नेपाली अन्तर्राष्ट्रिय साइफाई जोम्बी थ्रिलर 'एक्लो'मा अभिनय गर्दैछन् । खड्काले पहिलो पटक यही फिल्मबाट अन्तर्राष्ट्रिय कलाकारसँग सहकार्य गर्दैछन् । 

सन् २००४ मा आजकै दिन : भारतको प्रधानमन्त्रीमा सिंह 

सन् २००४ मा आजकै दिन (मे २२) मा मनमोहन सिंह भारतको प्रधानमन्त्री बनेका थिए । १९३२ को सेप्टेम्बर २६ मा पश्चिम पञ्जाब (हालको पाकिस्तान) मा जन्मिएका सिंह २०१४ मे २६ सम्म प्रधानमन्त्री थिए । १९४७ मा भारत र पाकिस्तान विभाजित भएका बेला उनको परिवार भारत सरेको थियो । 

सन् १९९१ मा आजकै दिन : राजीव गान्धीको हत्या

सन् १९९१ मा आजकै दिन (मे २१) मा भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या गरिएको थियो । उनी तामिलनाडुमा आयोजित चुनावी सभामा गराइएको बम विस्फोटमा मारिएका थिए । आक्रमणमा राजीव र आक्रमणकारी धनुसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए । 

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु

हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना : 'कोही जीवित रहेको संकेत देखिएको छैन'

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानी रेडक्रस सोसाइटीका अनुसार हेलिकप्टरमा सवार राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायत जीवित रहेको संकेत नदेखिएको जनाएको छ । 

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

इरानी राष्ट्रपति इब्राहिम रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको रेडक्रसले जनाएको छ । इरानी रेडक्रस सोसाइटीले उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाएको हो ।

फोहोर बोक्ने गाडीका चालक पक्राउ परेपछि मेयर बालेनले भने, 'चालकलाई नछोडेसम्म सिंहदरबारको फोहोर उठ्दैन'

फोहोर बोक्ने चार चालकलाई प्रहरीले पक्राउ गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरुको स-सम्मान रिहाइ नभएसम्म सिंहदबार लगायत राजनीतिक दलका कार्यालय र नेताहरु घरको फोहोर नउठ्ने भनेका छन् ।

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.